नव विकास बचत तथा ऋण सहकारी संस्था लि.

रौतहट जिल्ला नेपालको मध्यतराईमा विशिष्ट पहिचान छ । रौतहटमा पर्याप्त कृषि उर्वर भुमि चार कोसे झाडीँ तराई समथर भु भाग चुरे क्षेत्रको हराभरा वन जंगल पुर्वमा वाग्मति पश्चिचिममा धनसार खोला विभिन्न वन्यजन्तु वासस्थाँन लमाहा र ध्रुवको कोरीडोर छोटो समयमा खोरीया गाऊँ बस्ती हुदैँ रमणीय सुन्दर नगरमा परिणत भएको चन्द्रपुर न.पा. पहाडी क्षेत्रबाट बाढि पहिरो अतिबिष्टि अनाबिष्टि को मारबाट तराईबसोबासका लागि रोजेको विधिन्न जातजाति धर्मवलम्बिहरुको सुन्दर बसोबास सहर चन्दनिगाहपुर । विकासको अनेकौ आयामहरु मध्ये आर्थिक एवं वित्तिय क्षेत्र अति महत्व छ । समुदायको आर्थिक सामाजिक र साँस्कृतिक रुपान्तरणका लागि समुदायबाट नै अग्रसरता लिनपर्ने आवश्यक्तालाई मध्यनजर राख्दै नवविकास बचत तथा ऋण सहकारी मार्फत हामिहरु कृयाशिल छौँ ।
नवविकास साकोस २०६५ साल माघ १० गते जिल्ला डिभिजन सहकारी कार्यालय मकवानपुर हेटौँडामा विधिगत रुपमा दर्ता भई संचालनमा आएको वचत तथा ऋण सहकारी संस्था हो । रौतहट जिल्ला मध्य तराईकै दलित ,जनजाति महिला तथा पछाडी वर्गका व्यापारी, कृषक ,कर्मचारी लगायत समुदायको हुने खाने वर्गमा समेत आर्थिक तथा वित्तिय अनुसाशनको दायरामा राखी समुदायको सामाजिक, सास्कृतिक र आर्थिक रुपान्तरणको लागि यो संस्थाको जन्म भएको हो ।

परिकल्पना

  • सदस्यको वित्तीय समाधानको पहिलो रोजाईको प्रविधियुक्त, दिगो र सबल साकोस ।

ध्येय

  • बचत ऋणको दर्शन र सिद्धान्तमा रही सदस्यहरुलाई सवसुलव एवं गुणात्मक वित्तिय तथा गैर वित्तिय सेवा प्रदान गरी सदस्यहरुको आर्थिक, सामाजिक,सास्ँकृतिक तथा वातावरणिय अवस्थामा सुधार ल्याउदै सदस्यको जिवनमा सम्बृद्धि हासिल गराउन प्रतिबद्ध भएर लाग्ने ।

लक्ष्य :

  • सबै प्रकारका वित्तिय सेवा सुबिधा शुलभ र सिघ्र रुपमा सदस्यहरुलाई उपलब्ध गराउन भरपर्दो र विश्वासनिय निकायको रुपमा विकास गर्ने
  • सदस्य केन्द्रित उत्कृष्ठ र समुदायमा आधारीत सहकारी संस्थाको रुपमा विकास गर्ने
  • शेयर, बचत र अन्य स्रोत साधन परिचालन गरी समाजमा उत्पादन मूलक र स्वरोजगारका अवसरहरुको सिर्जना गर्ने ।
  • विकासका लागि स्थानिय संघ संस्थाहरुसँग सहकार्य गर्ने ।
  • सहकारी मापदण्ड नितिनियम अनुसार लक्षित समुदाय,महिला,दलित, मुस्लिम,जनजाति, विकालांग,भुमिहिन किसान, मजदुर र गरिबिका रेखामुनि रहेका समुदायको आयआर्जन र जिवनस्तर उकास्न पहल कदमि गर्ने आदि ।

उदेश्यहरु :

  • सदस्यहरु बिच स्वाबलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि गरी नियमित बचत गर्ने बानिको विकास गराउने ।
  • आवश्यक्ता अनुसार सदस्यहरुलाई सहुलियत ब्याँजदरमा ऋण लगानी गर्ने ।
  • सदस्यहरुको व्यक्तिगत क्षमता विकास तथा आयआर्जन गर्न बचत परिचालन गर्ने ।
  • सदस्यहरुको प्राथमिक आवश्यक्ता र आयआर्जन क्षमताको आधारमा पहिचान गरी उत्पादनशिल,आयमूलक क्षत्रमा लगानी व्यबस्थापन कार्यको प्रबद्र्धन गर्ने ।
  • आफ्नो छाता संगठन तथा वित्तिय संघ संस्थाहरुसँग समन्वयन गरी सहकार्य गरी कारोबार गर्ने ।
  • सामाजिक उन्नती ,संस्था सदस्य सहकारी अभियानका आवश्यक्ता र क्षमता अनुसार थप कार्य गर्दै जाने ।आयमूलक तालिम गर्ने ।
  • लक्षित समुदायको आर्थिक र सामाजिक रुपान्तरणका लागि स्वमित्व व्यवस्थापन, सहभागिता, सहकार्य र उत्पादन मुलक अभ्यास अभिवृद्धि गर्ने ।

Top